मिति २०८१/०४/२१ गतेका दिन नेपाल रत्न तथा आभूषण संघका निवर्तमान अध्यक्ष श्रीमती ज्याेत्सना श्रेष्ठ ज्यूकाे नेतृत्वमा संस्थापक अध्यक्ष, अध्यक्ष, महासचिव र का. स. सदस्यका साथै काठमांडाै सुनचाँदि व्यवसायी संघ, नेपाल रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदि व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघकाे संयुक्त टाेलीले माननीय उप - प्रधानमन्त्री तथा अर्थ मन्त्री श्री विष्णु प्रसाद पाैडेल ज्यू संग सिस्टाचार भेट गरि सुनचाँदि आभूषण व्यवसायीका विविध समस्याहरूकाे जानकारी गराउंदै हालै भारतमा सार्वजनीक भएकाे वजेट मार्फत सुनचाँदिकाे भन्सार दर घटाएर ६ प्रतिसत कायम गरीएकाे तर नेपालमा भने २० प्रतिसत कायम रहेकाेले व्यापारलाई असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिसत र चाँदिमा ६ प्रतिसत भन्सार दर कायम हुनुपर्ने भनी सुझाव प्रस्तुत गर्नु भएकाे थियाे। छलफलका क्रममा मन्त्री पाैडेलले भारतमा भन्सार दर घटेकाे र त्यसले नेपालमा पारेकाे असरलाई तत्काल संसाेधन गर्न जरूरी रहेकाे स्विकार गरी यस विषयमा सम्बन्धित निकाय संग आवश्यक परामर्स गरि छिट्टै निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयाे।
महा - सचिव जयराम पाण्डेय नेपाल रत्न तथा आभूषण संघ नेग्जा